Thursday, June 11, 2015

घण्टाघर

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोेरा–नाति
सँगी–साथीहरुमा बाँडेर
एक–एक गरी–
फौजका सब पुराना जर्सीहरु सिद्धिए।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिह्न
एउटा एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातिमा झुन्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालमा लामा र दिक्दारे दिन बिताउने लाहुरेझैँ
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घटाघर।

(२०१८–रचना)

No comments:

Post a Comment